केपी ओलीले गराए अध्यक्षमा उम्मेदवारी दर्ता


काठमाडौं – नेकपा (एमाले)को अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्। केहीबेरअघि मनोनयन दर्ता स्थल पुगेर ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

एमालेको अध्यक्षमा ओलीसँग निवर्तमान उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धा गर्नेछन्। उनले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन्।

आइतबार दिनभर सहमतिको रस्साकस्सीपछि मध्यरातमा पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो। सहमतिबाहेकका अन्य पदमा आज निर्वाचन हुन लागेको हो।

साढे १० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने विहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा। विजय सुब्बाले जानकारी दिऐ। साढे १० देखि पौने ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइएको छ।

मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र राति ९ बजेदेखि मात्रै मतदान सुरु हुने निर्वाचन आयोगको कार्यतालिका छ। मतदानको समय भोलि बिहान ३ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया