युवा नेता भण्डारीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा


काठमाडौं – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि स्थानीय तह, प्रदेश र जिल्ला तहको अधिवेशन सम्पन्न हुँदै गर्दा केन्द्रीय तहका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढदै गएको छ । यसे क्रममा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौं–३ बाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भण्डाडारीले सोमबार कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसको अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उठेका भण्डारीले सम्मानजनक मत ल्याएका थिए ।

कांग्रेसलाई सुदृढ र सशक्त बनाउन आफ्नो उमेदवारी भएको उनले बताएका छन् ।

‘मेरो सकृय राजनीतिको केही मुलभूत मान्यताहरुछन्। नेपाली कॉंग्रेसको स्थापनाकालिन उद्देश्य र सिद्धान्तलाई पुर्नजागृत गर्दै बिपी कोईरालाले देख्नु भएको समाजबादी समाजमा नेपाली समाजलाई पुर्याउनु पहिलो र अन्तिम कर्तव्य संझेको छु’, उनले भने, ‘मसँग एउटा सपना छ। मेरो त्यो सपनालाई पुरागर्ने इच्छाशक्तिले मलाई प्रत्येक दिन लखेट्दै छ। मेरो दौडाईको त्यो क्रमममा केवल एउटा चिजको खॉंचो छ। त्यो तपाईहरुको साथ सहयोग र समर्थनको अपेक्षा गरेको छु ।’

प्रतिक्रिया