
नेपाललाई १ सय २८ रनको लक्ष्य
युएई – युएईमा जारी एसियन छनोट अन्तर्गतको युएईविरुद्धको खेलमा नेपालले १२८ रनको लक्ष्य पाएको छ ।
युएईमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गदै युएईलाई ब्याटिङको निम्तो दिएको थियो ।
ब्याटिङका लागि मैदानमा आएको युएईका चामनी सेनेभिरत्ना र थीरथा सतिशको उत्कृष्ट ब्याटिङसहित युएइले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाउन सफल भएको छ ।
खेलमा चामनीले ५२ र सतिले ४७ रन बनाएका छन् । त्यसबाहेक युएईका लागि काभिशा इगोडागेले २२ रन बनाएकी छिन् ।
नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र संगीता राइले १ ÷१ विकेट लिएका छन् ।
नेपालले अब केही बेरमा ब्याटिङ सुरु गर्दैछ ।
नेपाल ग्लोबल छनोटका लागि युएईविरुद्ध ठूलो अन्तरको जितको आशासहित मैदान प्रवेश गरेको छ । नेपाल छनोटका लागि युएईविरुद्ध जित हात पार्ने र अर्को खेलमा हङकङ कुवेतसँग पराजित हुनुपर्नेछ ।



कागजपत्र |
