नेपाल प्रहरीमा जागिर खुल्यो, जवान देखि इन्स्पेक्टर सम्मको माग


काठमाडौँ । नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज (शुक्रबार) गोरखापत्रमा सूचना निकालेर उक्त संख्यामा प्रहरी जवान माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयले इच्छुकहरूलाई आवेदन दिन अनुरोध गरेको छ ।

साथै कार्यालयले एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै आवेदन खुला गरेको छ ।

प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ ।

इच्छुक व्यक्तिले मंसिर १९ गते देखि फागुन २३ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ ।

प्रतिक्रिया