आजको मौसम : देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अरू क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ।

बुधवार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैबिच देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया