

पूर्वराजदूत लामाकाे काेरोनाबाट निधन

काठमाडौ – दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद कमान सिंह लामाको निधन भएको छ ।
कोभिड-१९ को संक्रमणका कारण गएराती सवा १२ बजेतिर उनको मृत्यु भएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सतारुढ नेकपाका केन्द्रीय सदस्य समेत रहेका उनी काभ्रेली कम्युनिस्ट पार्टीका सस्थापक हुन् ।

