तुलसीलाल प्रतिष्ठानमा एमाले स्थायी कमिटीको बैठक जारी
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने बैठकको प्रमुख एजेण्डा छ । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुने छ ।