भारतद्वारा न्यूजिल्यान्डविरुद्धको सिरिज ‘क्लिनस्विप’


कोलकाता –  भारतले न्युजिल्याण्डविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिनस्विप गरेको छ ।

घरेलु मैदान कोलकत्तामा आइतबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा न्युजिल्याण्डलाई भारतले ७३ रनले हराएको हो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले अविजित २१ रन, इशान किसनले २९, श्रेयस एयरले २५ तथा भेन्कातेस आयरले २० रन बनाए ।

भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

यससँगै भारतले सिरिज ३-० ले आफ्नो बनाएको छ ।

प्रतिक्रिया