प्रहरी बोकेको ट्रक दुर्घटनाः २४ प्रहरी घाइते, दुईको अवस्था चिन्ताजनक


उदयपुर – नेपाल प्रहरीको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका हुन् ।

शुक्रबार राती करिव नौ बजे ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । घाइतेहरुको विराटनगरस्थितनोवेल अस्पताल उपचारमा भईरहेको छ ।

घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ भने एक जनाको अवस्था समान्य रहेको छ । दुई जना घाईतेको त्रियुगा हस्पिटल गाईघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया