एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने


धनुषा – प्रदेश-२ को सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी हुने भएको छ ।

नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि बताइएको छ । भोलि नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

प्रतिक्रिया