ऐन विपरीत केयुकाे स्नातक तहमा गरिएको भर्नामा डा. केसीको आपत्ति


काठमाडौं – चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐन विपरीत काठमाडौं विश्वविद्यालयले स्नातक तहमा भर्ना गरेको विषयमा आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा आयोगले तोकेको विद्यार्थीबाहेक विश्वविद्यालयका मेडिसिन संकायको डिनको छोरालाई भर्ना गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उक्त विषयमा अदालतले पनि चिकित्सा शिक्षा ऐन र नियमावली प्रतिकुलको अन्तरिम आदेश दिएको भन्दै डाक्टर केसीले लथालिङ्ग भइसकेको मेडिकल क्षेत्रलाई आयोगले नियमन गर्न खोज्दा अवरुद्ध गर्न आदेशहरू जारी हुनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

पटक पटक ऐन विपरीत चल्न खोज्ने काठमाडौँ विश्वविद्यालयका पदाधिकारीलाई दण्डित गर्नसमेत डाक्टर केसीले आग्रह गरेका छन् ।

प्रतिक्रिया