छातीमा छुरा प्रहार गरी भिनाजुको हत्या


काठमाडौं – इटहरी उप-महनगरपालिक-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन् ।

गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया