

आज अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दै

काठमाडौँ – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री देउवासँग आज (बिहीबार) बालुवाटारमा भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्नेछन् ।
अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने उल्लेख छ ।
आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
उनीहरु नेपालमा एमसीसी परियोजनाबारे विवाद बढिरहेका बेला नेपालमा आएका हुन् ।

