मुख्यमन्त्रीको राजीनामा माग गर्दा बर्खास्तीमा परे मन्त्री यादव


जनकपुरधाम – मुख्यमन्त्रीको राजीनामा माग गर्दा देश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् ।

बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेपछि आफूले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको यादवले बताए ।

यही विषयलाई लिएर आफूलाई बर्खास्त गरिएको यादवको भनाइ छ । यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सरकारमा सहभागी भएका थिए ।

प्रतिक्रिया