प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनेछन् ।

आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो । बैठकले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक सम्यन्त्र बनाएको थियो ।

बैठकले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदल पनि गठन गरेको थियो । बैठकले गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।

राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया