राप्ती स्वास्थ्य प्रतिष्ठानमा अत्याधुनिक ओटिसहित २५ बेडको प्राइभेट वार्ड सञ्चालन


दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साना तथा ठुला अप्रेसन गर्नका लागि चार वटा नयाँ अत्याधुनिक ओटि रुम सन्चालनमा आएको छ ।

बिगतमा सामान्य र जटिल अप्रेसन गर्नका लागि ओटि रुम २ वटा हुँदा पालैपालो सबै विशेषज्ञ चिकित्सकहरुले गर्नु पर्ने अबस्था रहेकोमा अहिले थप ४ वटा नयाँ ओटि सन्चालनमा ल्याएर सेवा बिस्तार गरिएको हो ।

नयाँ ओटिबाट आइतबारदेखि बिरामिको अप्रेसन गर्न सुरु गरिएको छ । नयाँ ओटि सन्चालनमा आएसंगै बिरामीहरुको उपचारमा थप सहजता आएको प्रतीष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले बताइन् । नयाँ ओटिमा अप्रेसनका लागि नयाँ(नयाँ अत्याधुनिक उपकरणको र थप विशेषज्ञ चिकित्सकको ब्यबस्था मिलाइएको उनले जानकारी दिइन् ।

त्यसै गरेर आइतबारदेखि नै २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको अस्पताल निर्देशक डा. बस्नेतले बताइन् । बिस्तारीत स्वास्थ्य सेवा सेवालाई प्रभाबकारी बनाउनु साथै बिरामिलाइ छिटो छरितो सेवा प्रदान गर्न प्राइभेट वार्डले सहयोग पुर्याउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले सुबिधा सम्पन्न प्राइभेट वार्ड सञ्चालनमा ल्याएको हो ।  यस वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ ।

एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चौबिसै घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको निर्देशक बस्नेतले जानकारी दिएकी छिन् ।

प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा प्राइभेट बेडसहित राप्ती स्वास्थ विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ ।

सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया