कोरोनाबाट नेपालमा थप २३ को मृत्यु, १३८२ संक्रमित थपिए


काठमाडौं नेपालमा पछिल्लो २४ घन्टामा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १६२१ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २९ हजार ५४पुगेको छ ।

हालसम्म नेपालमा १७ लाख ९९ हजार ६८६ को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया