सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– सरकारको शासन नैतिकता गुम्यो, राप्रपाको माग– राजसंस्था


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मंगलबार बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकारले शासन गर्ने नैतिकता गुमाएको बताएका थिए। यस क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग तनहुँमा भएको प्रशासनको व्यवाहारलाई पनि उदाहरणका रुपमा पेस गरिएको थियो।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पुगेका दिपक बोहराले भने अहिले सडकमा देखिएको जनमतका आधारमा राजसंस्था र हिन्दू राज्य कायम गर्न सुझाव दिएका थिए। त्यसका लागि संविधान संशोधन गर्न सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले भने अहिले व्यवस्थाविरुद्ध भएका आन्दोलनले संविधानविरोधी चम्किएको र यसलाई रोक्नका लागि सहयोगको अपिल गरेका थिए। राप्रपा बाहेकका दलले प्राप्त उपलब्धिलाई रक्षा गर्नका निम्ति सहयोग गरिने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया