लयमा फर्किने तयारीमा सर्वोच्च, आजका लागि तोकियो २७२ मुद्दाको पेशी


काठमाडौं – सर्वोच्च अदालतलाई यथावत् रुपमा सञ्चालनमा ल्याउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (आइतबार) का लागि मुद्दाको पेसी तोकेका छन् ।

केही न्यायाधीश र कानुन व्यवसायीको अवरोधका बीच नियमित सर्वोच्च अदालतबाट कार्य सञ्चालन गरिरहेका प्रधानन्यायाधीश राणाले आइतबारका लागि २७२ मुद्दाको पेशी तोकेका छन् ।

सर्वोच्च स्रोतका अनुसार राणाले आइतबारका लागि आफ्नो इजलाश भने तोकेका छ्रैनन् । राणाले १० वटा इजलासमा २७२ मुद्दाको पेशी चढाएका हुन् । सबैभन्दा धेरै न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा ६६ वटा मुद्दा रहेको छ ।

यसअघि नेपाल बार एशोसिएनले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा अवरोध गराउने गरी कार्यक्रम ल्याए पनि राणा कुनै अवरोधबिना सर्वोच्च प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया