यस्तो छ आगामी ३ दिनको देशभर मौसमी विवरण


काठमाडौं – देशभर हाल मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो ।

महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको जनाएको छ ।

साथै उसले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।

साथै सोमबार देशभरका विभिन्न ठाउँमा आशिंक बदलीको सम्भावना रहेको जनाइएको छ । त्यस्तै मंगलबार पनि सामान्य बदलीबाहेक मौसममा खासै परिवर्तन नहुने पनि महाशाखाले अनुमान गरेको छ । तर पनि चिसो बढ्ने क्रम बढीरहेकोले हिमाली क्षेत्रलगायत कतिपय पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया