बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जमरकट्टेल र लामा बने मन्त्री


मुख्यमन्त्री राजेन्द्र पाण्डे

काठमाडौं – बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

जमरकट्टेललाई आर्थिक मामिला तथा योजना र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ समेत लिएका छन्।

यस्तै ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले पहिलो चरणमा ४ जनाको मन्त्रिमण्डल विस्तार गरेका थिए।

सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानून मन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल नियुक्त भएका थिए।

आजबाट बागमतीको मन्त्रिमण्डल ६ सदस्यीय हुनेछ।

प्रतिक्रिया