
इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प
जाकार्ता – इन्डोनेसियामा बिहीबार भूकम्प गएको छ ।
देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो । भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।
ठुलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसै गरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ ।
स्थानीय समयानुसार बिहीबार बिहान ८ : ४५ बजेतिर भूकम्प गएको हो ।



कागजपत्र |
