सर्वदलीय बैठकमा कांग्रेस उपसभापति गच्छादार उपस्थितिको अर्थ


काठमाडौं– ललितानिवास प्रकरणमा आरोप लागी प्रतिनिधि सभाको सदस्य पदमा निलम्बन रहेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका छन्।

ओलीले मंगलबार बिहान ११ बजे बोलाएको बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी छन्। तर निलम्बनमा परेका गच्छादारको उपस्थितिलाई लिएर प्रश्न उठेका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा उनको उपस्थितिलाई संविधान निर्माणका क्रममा सम्झौता गर्ने महत्वपूर्ण व्यक्तित्वका रुपमा लिइएको छ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता तथा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा. प्रकाशशरण महत, जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किशान पार्टीका प्रतिनिधि सहभागी थिए ।

बैठकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्दै लोहनी उपस्थित भएनन् । राप्रपाबाट दिपक बोहरा उपस्थित छन्।

प्रतिक्रिया