

हेलम्बुबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, दर्जन बढि घाइते

चौतारा – सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि बसमा सवार करिब १ दर्जन बढी घाइते भएको स्थानीयले बताएको छ ।
घाइतेको उद्दारका लागि एम्बुलेन्स र प्रहरी घटनास्थलमा जादै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

