तराइमा पहिलेभन्दा बढि जनशक्ति परिचालन भएको छः सशस्त्र आईजी खनाल


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले तराइका जिल्लामा पहिलाभन्दा धेरै जनशक्ति परिचालन गरिएको बताएका छन्।

सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै आईजी खनालले सिमा सुरक्षालाई मजबुत बनाउन आगामी दिनमा बोर्डर आउट पोस्ट (बिओपी) को संख्या पनि बढाउदै लैजाने बताए।

सुरक्षा बेशहरुले न्युन जनशक्ति र सिमित स्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पुरा गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी बल तराईमा परिचालन भए पश्चात् चोरी तस्करी नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराइका जनताले पहिले भन्दा थप सुरक्षाको अनुभुती गर्न पाएको स्मरण गर्दै उनले आगामि दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारिहरुलाइ निर्देशन दिए।

सशस्त्र प्रहरी बलप्रति आम जनताले गरेको भरोसा लाइ कायम राख्दै आगामि दिनमा रास्ट्र र संगठन प्रति इमानदार , नैतिकवान,अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उनले निर्देशन दिए।

कार्यक्रममा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया