च्याम्पियन लिगः रोनाल्डो र मेस्सीको भिडन्त आज


बार्सिलोना – युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबारबाट समूह चरणका अन्तिम खेल सुरु हुँदैछन्। यसैक्रममा विश्वका दुई सुपरस्टारहरु एकआपसमा भिड्दैछन् ।

च्याम्पियन लिगअन्तर्गतको समूह चरणको अन्तिम खेलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीच आज राती खेल हुँदैछ ।

सिजनको समूह चरणको अन्तिम खेल मध्ये स्पेनिस महारथी बार्सिलोना र इटालियन च्याम्पियन युभेन्ट्सबीचको बहुप्रतिक्षित खेल मंगलबार राति हुँदैछ ।

विगत २ वर्षयता पहिलोपटक एक अर्काविरुद्ध भिड्न लागेका दुवै फुटबल जगतका सर्वाधिक सुपर स्टारहरु हुन् । सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटाली लागेपछि दुई खेलाडी आमनेसमाने भएका थिएनन्।

यो सिजनको च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स एउटै समूहमा परेपछि पहिलो लेगमा दुई खेलाडी आमनेसमाने हुने विश्वास गरिएको थियो। तर कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोले खेल्न सकेनन्। सो खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २—० गोलले पराजित गरेको थियो।

अन्तिम खेलअघि बार्सिलोनाले १५ अंक जोडेर नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। बार्सिलोनाविरुद्धको बाहेक अरु सबै खेल जितेको युभेन्ट्सले पनि १२ अंक जोडेर अघिल्लो चरणमा स्थान बनाइसकेको छ ।

अब मंगलबार राति पौने २ बजे बार्सिलोनाको मैदानमा हुने खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

मेसी र रोनाल्डो पछिल्लो पटक सन् २०१८ को मेमा आमनेसामने भएका थिए। अल क्लासिको भिडन्तको सो खेल २—२ गोलको बराबरीमा सकिएको थियो। सो खेलमा मेसी र रोनाल्डो दुवैले गोल गरेका थिए।

प्रतिक्रिया