न्युजिल्याण्डको जीतसँगै टी-२० विश्वकपको समूह चरणबाटै बाहिरियो भारत


काठमाडौं – न्युजिल्याण्डले टी–२० विश्वकपको सुपर–१२ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ । याेसँगै भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको हाे । न्युजिल्याण्ड आज पराजित भएको अवस्थामा मात्र भारतको सेमिफाइनलमा पुग्ने सम्भावना बाँकी रहन्थ्यो । अब अन्तिम खेल अघि नै भारत घर फर्कने पक्का भएको छ ।

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।
प्रतियोगिताको सेमिफाइनलमा अब इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तान भिड्ने निश्चित भएको छ ।

प्रतिक्रिया