

विश्वमा ६ करोड ८० संक्रमित, १५ लाख ५० हजारबढीको मृत्यु

काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८० लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र ५ लाख २७ हजार बढी कोरोना संक्रमित थपिएको विश्वमा १५ लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख २७ हजार २ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म विश्वमा संक्रमित हुनेको संख्या ६ करोड ७९ लाख २७ हजार ८ सय १९ जना संक्रमित पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार १ सय ५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ लाख ५० हजार १ सय ६९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ५ सय ८ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४ सय ४३ पुगेको छ । अमेरिकामा हालसम्म १ करोड ५३ लाख ६९ हजार ४६ जना संक्रमित पुगेका छन् भने ८९ लाख ८२ हजार २ सय ४६ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै गरी नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ९७ लाख ३ हजार ९ सय ८ जना संक्रमित पुगेका छन् भने १ लाख ४० हजार ९ सय ९४ जना.को मृत्यु भएको छ । भारतमा हालसम्म सबैभन्दा धेरै कोरोनामुक्त भएका छन् । भारतमा हालसम्म ९१ लाख ७७ हजार ६ सय ४५ जना कोरोनामुक्त भएका छन् ।

