

साइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मोरङ -* मोरङको रंगेली नगरपालिका–६, पिपलचोकनजिक साइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मोरङकै सुनबर्षी नगरपालिका–६ का ३० वर्षीय शत्रुधन साहको मृत्यु भएको हो । शनिबार साँझ करिब पौने ६ बजे साइकलमा सवार उनी लडेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ ।

