जुवाखालबाट समातिएका कांग्रेस दोलखा सभापति भेट्न पुगे पार्वत गुरुङ


काठमाडौं – दुई दिन अघि जुवाखालबाट पक्राउ परेका कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामालाई भेट्न एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ अस्पताल पुगेका छन् ।

जुवा खेलिरहेको अवस्थामा काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट पक्राउ परेका कांग्रेस सभापति लामालाई सुगरकाे मात्रा बढेर स्वास्थ्यमा समस्या देखिएपछि जाेरपाटीस्थित नेपाल मेडिकल कलेज भर्ना गरिएको थियो ।

लामालाई भेट्न नेता गुरुङका साथमा दाेलखा भिमेश्वर नगरपालिकाका मेयर भरत केसी पनि अस्पताल पुगेका थिए ।

अस्पताल पुगेका नेता गुरुङले समकालिन नेताकाे स्वास्थ्यलाभकाे कामना गरेका छन् ।

प्रतिक्रिया