२ दिनभित्र बिहारमा २३ को मृत्यु, १४ को अवस्था गम्भीर, विषाक्त रक्सी पिएको आशंका


काठमाडौं – भारतको बिहारका दुई जिल्लामा बितेका दुई दिनभित्र २३ जनाको मृत्यु भएको छ । १४ जनाको अवस्था गम्भीर छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार मृतकमध्ये १३ जना गोपालगन्जका बासिन्दा थिए । यहाँ ७ जना गम्भीर बिरामी छन् ।

यीमध्ये ३ जनाको आँखाको दृष्टि गुमेको छ । यस्तै बेतियामा १० जनाको मृत्यु भएको छ। यहाँ ७ जनाको अवस्था गम्भीर छ । यी सबैले विषाक्त रक्सी पिएको आशंका गरिएको छ । गोपालगन्जका बिरामीहरूको उपचार मोतीहारी अस्पतालमा भइरहेको छ ।

बेतिया प्रहरी भन्छ : घटना शंकास्पद
बेतियाका मृतक तथा बिरामीका परिवारजनले बुधबार साँझ उनीहरूले गाउँमा घरेलु रक्सी पिएका थिए । अबेर राति बिरामी भएपछि उनीहरूलाई अस्पतालमा भर्ती गरियो । यीमध्ये उपचारका क्रममा २ दिनभित्र २३ जनाको मृत्यु भएको हो । यसपछि उक्त क्षेत्रमा अहिले हंगामा मच्चिएको छ ।

प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने बताएको छ । घटना शंकास्पद भएकाले अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया