
बिमा कम्पनी व्यवसायीको लागी सुनौलो अवसर, नयाँ लाइसेन्स बाँड्ने तयारीमा सरकार
काठमाडौं – सरकारले नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी गरेको छ ।
सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् ।
बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ ।
बिमा समितिले चार वर्ष नयाँ बिमा कम्पनीहरुका लागि लाइसेन्स बन्द गर्ने निर्णय गरेको थियो ।
समितिका अध्यक्ष सूर्य सिलवाल भने अहिले लाइसेन्स बन्द नै रहेको र खुलाउने विषयमा कुनै तयारी नगरिएको बताएका छन् । तर ६/७ कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएको भने अध्यक्ष सिलवालले स्वीकार गरेका छन् ।
लाइसेन्सका लागि प्राप्त निवेदन दर्ता भने गरिएको स्वीकार गरेका अध्यक्ष सिलवालले निवेदन दर्ता गराए भन्दैमा लाइसेन्स पार्इ नहाल्ने बताएका छन् ।



कागजपत्र |
