सर्वोच्चका न्यायाधीशहरूले आफूलाई सुनुवाईबाट अलग राख्नु अविवेकपूर्ण निर्णयः डिएलए


काठमाडौं  – कानून व्यवसायीहरूको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिलए) ले इजलास बहिष्कार गर्ने न्यायाधीशको कार्यप्रति असन्तुष्टि जनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यशैलीको विरुद्धमा न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विषयलाई लिएर एसोसिएसनले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक विज्ञप्ति जारी गरेको हो। डिएलको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु आफ्नो आधारभूत कार्य सम्पादनको कार्यमा कर्तव्यपरायण रहनुपर्ने कार्यलाई पन्छाउँदै छलफल र संवादका नाममा यति लामो समयसम्म मुद्दाको सुनुवाईबाट आफूलाई अलग राख्नु सर्वथा न्यायीक धर्म र विवेकपूर्ण निर्णय होइन भन्ने हाम्रो ठम्याई छ।’

न्यायपालिकाको नेतृत्व तह र न्यायाधीशबाट न्यायपालिकाप्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल रोक्न माग गरिएको छ। न्यायिक कार्य सम्पादनमा पक्षबाट पनि बाधा व्यवधान गर्न नहुने डिलएको जोड छ ।

 

प्रतिक्रिया