आज पनि प्रधानन्यायाधीश राणाले तोकेनन् आफ्नो इजलास, बारको आन्दोलन जारी


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बुधबार पनि आफ्ना लागि इजलास तोकेका छैनन् । सर्वोच्च अदालतबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका प्रधानन्यायाधीश राणाले बुधबार आफूबाहेक अन्य न्यायाधीशहरूका लागि ९ वटा इजलास तोकेका छन्। ती सबै इजलास बन्दीप्रत्यक्षीकरणका हुन्।

विवादमा परेपछि प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने पक्षमा रहेका न्यायाधीशले गत सातादेखि इजलासमा सुनुवाइ गरेका छैनन्।

यसैबीच प्रधानन्यायाधीश राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेको छ।

पहिलो चरण अन्तर्गत आज अन्तिम दिन धर्ना गरिरहेको बारले साँझ ४ बजेसम्म पनि राजीनामा नआएमा तिहार पछि अर्को चरणको आन्दोलनको घोषणा गर्ने पनि जनाएको छ ।

 

प्रतिक्रिया