नासाले पहिलोपटक अन्तरिक्षमा फलायो भेडे खुर्सानी


एजेन्सी –  अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडे खुर्सानी फलाएको छ।

प्लान्ट ह्याबिटाट–०४ मा फलाएको भेडे खुर्सानीलाई अन्तरिक्ष यात्रीहरूले स्वादिलो परिकार बनाएर समेत खाएका छन्।

नासाका अनुसार त्यो भेडे खुर्सानी न्यु मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो। अन्तरिक्षमा यसलाई फलाउनु निक्कै चुनौतीपूर्ण भएको जनाएको छ।

नासाकी अन्तरिक्ष यात्री मेगन म्याकआर्थरले भेडे खुर्सानी भाँचेको अनि त्यसको डिनर बनाएर खाएको तस्बिर सार्वजनिक गरेकी छन्।

प्रतिक्रिया