

माधव नेपालको निर्देशनविपरित मुख्यमन्त्री नियुक्तिअघि नै राजेन्द्र राईले फोडे स्याम्पियन

काठमाडौं– मंगलबार प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुन लागेका नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले सोमबार राती खुसीयालीमा स्याम्पियन फोडेका छन्।
सत्ता गठबन्धनका नेतासहित समाजवादीका निकटस्थ साथी राखेर खुसीयालीमा उनले स्याम्पियन फोडेका हुन्। इटहरीको एक होटलमा राईले खुसीयाली बाँड्नका लागि स्याम्पियन फोडेको बताइएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय मन्त्रिपरिषदमा सदस्य रहेका चार जनालाई निर्देशन दिँदै यस्ता काम नगर्न भनेका थिए। तर, राईले अध्यक्ष नेपालको निर्देशनविपरित मुख्यमन्त्रीको नियुक्तिसँगै सपथ लिनुअघि नै यसरी खुसीयाली मनाएका हुन्।
उनले उक्त पार्टीमा सहभागी भएकालाई मदिरासहित डिनरको व्यवस्था गरेका थिए।
अध्यक्ष नेपालले केन्द्रीय पदाधिकारी र स्थायी कमिटीको बैठक राखी भनेका थिए,‘तस्करसँग संगत गरेको सुन्न भएन। जाँड खाने बानी छ भने आजैदेखि त्याग्नुहोला। त्यस्तो विवाद आउने काम केही सुन्न भएन।’

