भरतपुरमा एमालेको १०औं महाधिवेशन सम्पर्क कार्यालय स्थापना


चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनको भरतपुरमा स्थापना भएको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

एमालेको महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन समारोह र सौराहामा बन्दसत्र हुनेछ ।

एमाले चितवनको पार्टी कार्यालय भरतपुर–१० मदनपुरमा रहने गरी महाधिवेशन सम्पर्क कार्यालय खोलिएको हो ।

प्रतिक्रिया