मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै भिम आचार्यको राजीनामा


काठमाडौं– नियुक्त भएको ६५ दिनमा नै एमाले सचिव भिम आचार्यले प्रदेश १ मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन्।

सोमबार प्रदेश सभा बैठकमा आफू अल्पमतमा पर्ने भएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। नेकपा एकीकृत समाजवादीमा एमालेका १० सांसदले सनाखत गरेपछि २५ भदौमा नै उनी अल्पमतमा परेका थिए।

सोमबार उनले विश्वासको मत लिने कार्यतालिका थियो। उनको राजीनामा घोषणापछि अब नयाँ मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नाम अघि आएको छ।

प्रतिक्रिया