सैनिक जवान ढकालको मुद्दा नियमित अदालतमै फर्काउने सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले नेपाली सेनाका सिपाही गंगाधर ढकालमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई नियमित अदालतमै हुने अन्तरिम आदेश दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको थियो ।

नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो ।

प्रतिक्रिया