राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन रुपन्देही जाँदै छिन्। भण्डारी आज बिहान १० बजे रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले जानकारी दिए ।

लुम्बिनी क्षेत्रभित्र अवस्थित नेपाल मण्डलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेको ढकालले जानकारी दिए । यस्तै भण्डारीले लुम्बिनी अन्र्तराष्ट्रिय विमान स्थलमा राखिने बुद्ध मुर्तिको पनि अनावरण गर्नेछिन् ।

राष्ट्रपति बेलुका ४ बजेपछि काठमाडौँ फर्कने कार्यक्रम छ। हिजो मुक्तिनाथको दर्शन गरेर बाग्लुङ पुगेकी राष्ट्रपति भण्डारी भोलि मनाङ जाने कार्यक्रम तय भएको छ। उनले मनाङमा स्याउ खेतीको अवलोकन भ्रमण गर्नेछिन् ।

प्रतिक्रिया