दार्चुलामा ट्रक दुर्घटना, चालकसहित ३ को मृत्यु


दार्चुला – दार्चुलाको मालिकार्जुनमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मालिकार्जुनस्थित भर्तोलामा गएराति भएको दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शैलेशिखर- ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया