एमालेले बढायो १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या


काठमाडौं – नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १,९९९ पुर्‍याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । केन्द्रीय सदस्यहरुले संख्या बढाउन माग गरेपछि ४३६ प्रतिनिधि थप्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार बसेको स्थायी कमिटीले १,५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो ।

उनका अनुसार थपिने प्रतिनिधिहरु अधिकांश भूगोलबाट हुनेछन् । स्थायी कमिटीले हरेक निर्वाचन क्षेत्रबाट १,५०० संगठित सदस्यबाट दुई खुला र एक महिला महाधिवेशन प्रतिनिधि चुन्ने निर्णय गरेको थियो । अब यसमा केही हेरफेर हुनेछ । महाधिवेशन प्रतिनिधि चयनका लागि देशभर २७ कात्तिकमा निर्वाचन गर्ने केन्द्रीय कमिटीको निर्णय छ ।

प्रतिक्रिया