
एमबाप्पेले आजकाे खेल गुमाउने पक्का, मेसी पनि शंकामा
काठमाडौं – फ्रान्सका स्टार फरवार्ड काइलियन एमबाप्पले आज (शुक्रबार) राति हुने साविक विजेता लिलेविरुद्धको खेल गुमाउने भएका छन् ।
एमबाप्पेको कान र घाँटीमा इन्फेक्सन भएको पीएसजीले जनाएको छ । घरेलु मैदानमा हुने खेलका लागि लियोनल मेसी पनि मैदान उत्रनेमा शंका छ । सामान्य चोट लागेको भनिएको मेसीले बिहीबार प्रशिक्षण गरेका थिएनन् । मेसीको मसलमा समस्या देखिएको थियो ।
फ्रेन्च लिग वानमा ११औं चरणको खेल सकिँदा पीएसजी २८ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा सात अंकले अगाडि हो । साविक विजेता लिले १५ अंक जोडेर दशौं स्थानमा छ ।
‘सावधानी अपनाएका कारण मेसीले ट्रेनिङ नगरेका हुन् । तथापि उनले व्यक्तिगत रुपमा अभ्यास गरेका थिए । उनी खेल्न सक्ने भएमा खेल्ने छन्’, पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले बताए



कागजपत्र |
