
मेयर कप भेट्रान्स फुटबलः खुमलटारकाे जित
काठमाडौं – साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै एफई खुमलटार मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गरे ।
जितसँगै समूह डि मा रहेको खुमलटारले दुई खेलबाट ६ अङ्क जोडेको छ । खुमलटार शीर्ष स्थानमा प्रवेश गरेको छ । ‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा जारी उक्त प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।



कागजपत्र |
