बिना मगरले लथालिङ्ग पारेको खानेपानी मन्त्रालयमा चौधरीको अर्को आतंक


काठमाडौं- खानेपानी मन्त्री उमाकान्त चौधरीले मन्त्रालय अन्तर्गतका विभिन्न विभागका सरुवा र नियुक्तिमा बार्गेनिङ गरेको गुनासो बढेको छ।

यसअघि प्रचण्ड बुहारी बिना मगरले मन्त्रालय चलाउदा मच्चाएको सरुवा र अफन्त नियुक्तीको मनपरीतन्त्र भन्दा चौधरीको आतंकले कर्मचारी आजित भएका छन् । नियमित सरूवामा पनि पैसा मागेर मन्त्री चौधरीले हैरान पारेको एक कर्मचारीले बताए।

बिना मगरको पालामा सचिव प्रकरण र मेलम्ची विवाद भएको थियो। चौधरीले त नियुक्त पूर्व नै खानेपानी मन्त्रालयमा सरुवा र नियुक्तिका लागि सिन्डिकेट तयार पारेको बताइन्छ।

ग्रामिण खानेपानीमा कार्यकारी निर्देशक र खानेपानी  संस्थानमा महाप्रबन्धक रिक्त रहेको पदका लागि बार्गेनिङ चलेको स्रोतले जनायो।

ग्रामिण खानेपानी र खानेपानी संस्थानमा नियुक्ति खान माओवादीका डीपी चापागाईं, झलनाथ खनाल निकट अर्जुनबहादुर ढकाल, त्रिदेश श्रेष्ठ, दिलिप झा लागिपरेका छन् । उनीहरूसहित दुग्ध विकास संस्थान र युएन पार्कबाट भर्खर रिटायर्ड भएका जिएमसँग पनि पैसाको बार्गेनिङ  मन्त्रीको गोप्य कोठादेखि होटलसम्म चलिरहेको चर्चा अहिले मन्त्रालयभित्र चलिरहेको छ ।

प्रतिक्रिया