
प्रधानन्यायाधीश प्रकरणमा बाबुरामको प्रतिक्रियाः ‘राज्यका थोत्रा अंग बोकेर हिँड्नुको दुष्परिणाम’
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानन्यायाधीश प्रकरणमा आफ्नो धारणा राखेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको बताएका छन्।
त्यस्तै लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिँड्नुको परिणामको उपजको रुपमा यस घटनालाई लिन सकिने भट्टराई बताउँछन्।
उनले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतीदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने? भन्दै प्रश्न गरेका छन्।
‘सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो। त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिँड्नुको दुष्परिणाम हो यो। हामी पनि महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेर भौंतारिएझैं गर्ने कि बेलैमा सदगत गर्ने?’ ट्विटरमा लेखेका छन्।
सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एक पछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो।त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिंड्नुको दुष्परिणाम हो यो।हामी पनि महादेवले मरेकी सतीदेवीलाई कॅाधमा बोकेर भौंतारिए झैं गर्ने कि बेलैमा सदगत गर्ने?
— Baburam Bhattarai (@brb1954) October 28, 2021



कागजपत्र |
