म अध्यक्ष पद छाड्न तयार छुः प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्ताका लागि आफू अध्यक्षको पद त्याग्न तयार रहेको बताएका छन्।

आइतबार पार्टी मुख्यालय धुम्बराहीमा भएको स्थायी समितिको बैठकमा उनले अर्को पुस्तालाई आफू रहेकै बेला नेतृत्व हस्तान्तरणमा तयार रहेको बताए।

अहिलेको गणतान्त्रिक प्रणाली जोगाउने र पार्टी एकता भत्किन नदिनका लागि अध्यक्ष पद ठूलो नरहेको उनले बताए।

आफ्नो नेतृत्वमा आएको परिवर्तन र पार्टी एकता संस्थागत गर्नका निम्ति पद ठूलो कुरा नभएको बताउँदै प्रचण्डले भने,‘अहिलेको परिस्थिति उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)ले विवाद सुरु गरेपछि त्यसको प्रत्युत्तरका क्रममा अहिलेको स्थिति आएको हो।’

पार्टी विभाजन र विवादका सबै दोष ओलीलाई दिएका प्रचण्डले थपे,‘समाधान छलफलबाट निस्कने थियो, ओलीजी सार्वजनिक रुपमा नै विवादका विषय लिएर निस्कनुभयो।’

स्थायी समिति बैठक आगामी २८ मंसिरका लागि तोकिएको छ।

प्रतिक्रिया