बागमतीको मुख्यमन्त्रीमा गठबन्धनबाट राजेन्द्र पाण्डेको दावी पेश
हेटौंडा – बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेका थिए।
पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए।
पाण्डेले आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा सांसदसहित ५९ जनाको हस्ताक्षर पेश गर्दै मुख्यमन्त्री पदमा दावी गरेका हुन्।