

देशभर थप १०९६ संक्रमित, १७५२ डिस्चार्ज

काठमाडौं – २४ घन्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार थप २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।
पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ।

