‘गिनिज बुकमा ओली नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ’


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताएका छन्।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले काम केही नगर्ने, झूठा बोल्ने र हसाउने काम गर्ने भन्दै गिनिज बुकमा ओलीको नाम नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताए ।

उनले भने, ‘गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिन्छ।’ यसअघि अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुकको आधा भाग भरिने दावी गरेका थिए।

ओलीको त्यहीँ बोलीको काउन्टर गर्दै नेपालले ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिए।

प्रतिक्रिया